FAQs

>FAQs

पैरवी चुनौती कोषबारे प्रायः सोधिने प्रश्नहरू

उन्नतिकार्यक्रमद्वारा स्थापना गरिएको र डेनमार्क सरकार (Denmark Government) को वित्तीय सहयोगमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (International Labour Organization)द्वारा व्यवस्थापन गरिएको पैरवी चुनौती कोषसम्बन्धी सामान्य प्रश्नहरूका उत्तर यहाँ प्रस्तुत गरिन्छ । यो कार्यक्रम अधिकार तथा व्यवसायिक सुशासन लगायत उत्तरदायी व्यवसाय विकासका लागि पैरवी गर्ने दिशामा लक्षित छ । यसरी नै यो कार्यक्रम पैरवी तथा संवादका लागि क्षमता अभिवृद्धि, दिगोपना प्रवद्र्धन र अधिकार तथा संयुक्त सुशासन लगायत उत्तरदायी व्यवसायको महत्वबारे जनचेतनाको बृहत् सुधारमा केन्द्रित छ । कार्यक्रमलाई पूर्वी नेपालका सात जिल्ला (इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर र सँखुवासभा) मा संचालित छ । कार्यक्रम चार मूल्य शृङ्खला अर्थात् परम्परागत चिया,अदुवा, दुग्ध उत्पादन र अलैँचीमा केन्द्रित हुन्छ । चार मूल्य शृङ्खलामा कार्यरत रोजगारदाता संस्था, वस्तुगत सङ्घ, व्यवसाय सङ्घ, अनुसन्धान संस्था,सरकारीनिकाय,गैरसरकारी संस्था, सहकारी संस्था, समुदायमा आधारित संस्था,बौद्धिक वर्ग, सञ्चारगृह र मजदुर संघ संगठनहरू कार्यक्रमका लक्षित समूह हुन् ।

विदेशी मुद्रामा पाइन्न । कोष स्थानीय मुद्रा अर्थात् नेपाली रुपियाँमा उपलब्ध गराइन्छ ।

नगदमा प्रदान गरिन्छ । अनुदान पाउने संस्थाको ब्याङ्क खातामार्फत् नगद प्रदान गरिन्छ ।

अनुमोदन प्रक्रिया पूरा हुन बढीमा तीन महिना लाग्छ ।

योग्य छैनन् । यो कोष राजनीतिक दलहरू र वा तिनका भ्रातृ सङ्गठनका लागि होइन ।

माथि उल्लेखित सबै संस्था कोषका लागि योग्य छन् ।

सम्भव छ । संयुक्त आवेदन स्वीकार गरिन्छ तर संयुक्त आवेदनका लागि कोषको सीमा भने उही रहन्छ ।

आवेदन दिन सक्छ । फरक कार्यका लागि हो भने आवेदन दिन तपाईँको सङ्घ÷संस्था पूर्णरूपेण हकदार छ । प्रायः ठूला छाता सङ्घ÷संस्थाले बृहत् सरोकारका विषयलाई हेर्छन् भने तपाईँको सङ्घ÷संस्थाले कुनै कार्यलाई आफ्नै सरोकारका विषयसँग जोडने प्रस्ताव राख्न सक्छ ।

आवेदन दिन सक्नुहुन्छ तर कोष दिनुभन्दा अघि व्यवसाय वा संस्थाले परियोजना जिल्लामा आफ्नो विश्वसनीयता र दृश्यता देखाउनुपर्नेछ ।

तपाईँको संस्था सात परियोजना जिल्लामध्ये एक जिल्लामा अवस्थित हुनुपर्छ वा नेपालको पूर्वाञ्चल विकासक्षेत्रमा कार्यरत हुनुपर्छ । तर राष्ट्रिय तहका संस्था वा छाता संस्थाले पनि पैरवी चुनौती कोषका लागि आवेदन दिन सक्नेछन् । यसका अतिरिक्त अन्तर्राष्ट्रिय संस्थाहरूले समेत कोषका लागि आवेदन दिन सक्नेछन् ।

पहिलोपटक पेस गरेपछि पैरवी चुनौती कोष व्यवस्थापन टोलीसँग परामर्श गरी प्रस्ताव परिष्कृत गर्दै तपाईँ पुनः पेस गर्न सक्नुहुन्छ ।

प्रस्ताव छनोटका मूलभूत आधारलाई दुई भागमा विभाजन गरिन्छ । पहिलो आधार विषयवस्तुसँग सम्बद्ध छ भने दोस्रो आधार कार्यान्वयनसँग सम्बद्ध छ । विषयवस्तुसम्बन्धी आधारमा प्रस्तावको सान्दर्भिकता, नतिजाको गुणस्तर, दिगोपना र नवीनता पर्दछन् र कार्यान्वयनसम्बन्धी आधारमा साझेदारीको गुणस्तर, व्यवस्थापनको गुणस्तर, विधिगत पद्धतिको गुणस्तर र बजेट पर्दछन् ।

तपाईँको आवेदन (अवधारणा–पत्र)ले योग्यताका सबै आधार पूरा गरे पनि छनोटका आधारअनुसार मूल्याङ्कन गर्दा अरू आवेदनहरूलेबढी अङ्क हासिल गरे । तथापि अर्को पटक आवेदन आह्वान गर्दा तपाईँको आवेदन पुनः पेस गर्न सकिनेछ । तपाईँले आफ्नो आवेदन परिष्कृत गर्न पनि सक्नुहुनेछ । छनोट नभएको हरेक आवेदनझैँ तपाईँको आवेदन पनि गोप्य राखिनेछ । पारदर्शिताका लागि र अन्य इच्छुक संस्थाले उदाहरणका रूपमा प्रयोग गर्न सकून् भन्नाका लागि स्वीकृत कार्य (एक्सन)लाई सार्वजनिक गरिनेछ ।

तपाईँको आवेदन प्राप्त भएपछि पैरवी चुनौती कोषले ईमेलमार्फत् तपाईँलाईजानकारी गराउनेछ ।

सक्दैनन् । आवेदकहरूले पहिले सम्बन्धित मुुद्दामा अवधारणा–पत्र पेस गर्नुपर्छ । कोष व्यवस्थापकले अवधारणा–पत्र स्वीकार गरेमा पूर्ण प्रस्ताव तयार गर्न आवेदकहरूलाई सम्पर्क गरिनेछ ।

प्रावधान छ । अवधारणा–पत्र स्वीकृत भएपछि पूर्ण प्रस्ताव तयार गर्नका लागि प्राविधिक सहयोग प्रदान गर्न कोष व्यवस्थापकले सम्बन्धित कर्मचारीलाई अनुरोध गर्नेछ ।

हरेक प्रश्नलगत्तै बक्समा लेख्नुपर्छ । आफ्ना विचार राख्न अवधारणा–पत्र टेम्पलेटमा स्पष्ट सल्लाह दिइएको छ ।

आवश्यक छ । सबै अवधारणा–पत्र पैरवी चुनौती कोष वेबसाइटमार्फत् विद्युतीय माध्यमद्वारा समयसीमाभित्र पेस गरिनुपर्छ । यसका अतिरिक्त आवेदकहरूले अवधारणा–पत्र फारम डाउनलोड गरी हुलाक वा ईमेलमाफत् पठाउन सक्नेछन् ।

अनिवार्य छ । लेखाजोखा र छनोट प्रक्रिया निष्पक्ष एवम् पारदर्शी हुन सकून् भन्नाका लागि प्रदान गरिने सबै सूचनामा फारमले एकरूपता सुनिश्चित गर्छ । तसर्थ सबै इच्छुक आवेदकले अवधारणा–पत्र तथा प्रस्ताव फारम प्रयोग गर्नैपर्छ । आवेदकहरूले अत्यावश्यक ठानेका अतिरिक्त सूचना भने थप्न सक्नेछन् ।

सकिन्छ । आवेदकहरूले नेपाली भाषामा अवधारणा–पत्र पेस गर्न सक्छन् तर सम्भव भए अङ्ग्रेजीमा पेस गर्न सुझाव दिइन्छ ।

दिगोपना भनिने अवसर २ अवसर १ नीतिगत संवादका लागि जनवकालतअन्तर्गत स्वीकृत गरिने पैरवीसम्बन्धी परियोजनाहरूसँगै प्रदान गरिनेछ तर छुट्टाछुट्टै प्रदान गरिनेछैन । सानो प्रतिनिधित्व र सीमित पहुँच क्षमता भएको संस्थाहरूलाई सहयोग गरिनेछैन ।
असान्दर्भिक मुद्दा, सामाजिकर वातावरणमा अपूरणीय नकारात्मक प्रभाव पार्ने परियोजनामा लगानी गरिने छैन ।
मूल्य श्रृङ्खला कोष (Value Chain Fund) र उन्नती कार्यक्रमको वित्तीय कोषका पहुँचसँग अन्य कुराहरूमा लगानी गरिने छैन ।

तपाईँको परियोजनालाई बुझ्न र अङ्क प्रदान गर्न अवधारणा–पत्र÷प्रस्तावले यथार्थमा आवश्यक जानकारीका लागि आह्वान गर्छ । अवधारणा–पत्र÷प्रस्तावले सामान्यतः तपाईँको संस्थाको धारणा, कार्य र क्षमताबारे वस्तुगत जानकारी प्रदान गर्न तपाईँलाई सहयोग गर्छ । छनोटको पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न यसलाई सर्वोत्तम उपायका रूपमा हेरिन्छ ।

पैरवी चुनौती कोषका तीनवटा लगानी अवसर छन् र यी अवसर कार्यक्रमले समेटेको सात जिल्लामा उपलब्घ छन् । यी तीन अवसर हुन् (१) नीतिगत संवादका लागि जनवकालत, (२) दिगोपना र (३) जनचेतना ।

थप नयाँ आवेदनहरूका लागि हरेक अवसरले सामान्यतः एकभन्दा बढी लगानी चरण प्रदान गर्नेछ ।

अधिकतम परियोजना अवधि ११ महिना हो ।

सार्वजनिक र निजी संस्थाहरू सामान्य लक्षित समूह हुन् । यी समूहमा सङ्घ÷ संस्थाहरु, व्यवसायिक सङ्घ÷संस्थाहरु, अनुसन्धान संस्था÷संस्थाहरु, बौद्धिक वर्ग, सरकारी निकाय, गैरसरकारी संघ÷संस्था, समुदायमा आधारित संस्था, ट्रेड युनियन, रोजगारदाता संस्था र सञ्चारगृहहरू पर्दछन् । चार मूल्य शृङ्खला (परम्परागत चिया, अदुवा, दुग्ध उत्पादन र अलैँची) र नेपाल वाणिज्य तथा उद्योग महासङ्घ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, जिल्ला उद्योग तथा वाणिज्य, उत्पादक तथा वस्तुगत सङ्घ÷संस्थाजस्ता महत्वपूर्ण राष्ट्रिय, क्षेत्रीय र जिल्लास्तरीय व्यवसाय संस्थासँग काम गरिरहेका समूह अन्तिम लक्षित समूह हुनेछन् ।

कार्यक्रमको संख्या जतिसुकै भएपनि हामीेले प्रत्येक आवेदकलाई अधिकतम रकम अमेरिकी डलर एक लाख (१,००,०००÷–) र न्यूनतम रकम अमेरिकी डलर दश हजार (१०,०००÷–) प्रदान गर्न सक्दछौं । त्यसैले आवेदकले अमेरिकी डलर एक लाख (१,००,०००÷–)मा नबढाई आफ्नो आवेदन पेश गर्नु पर्नेछ ।